मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

२०८२ असार ३० सोमवार
सारांश
  • पार्टीका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन् ।

काठमाडौं: मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न सबैलाई सतर्क र सक्रिय रहन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विशेष आह्वान गरेको छ ।


पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरिएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ ।’


रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै, ‘सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो,’ भनेको छ ।


कार्यवाहक सभापति अर्यालले पार्टीका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउन र मानवीय सेवाको उच्चतम भावनाका साथ तयारी अवस्थामा रहन विशेष अपिल गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार